कपिलवस्तुकाे महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा जारी
कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार निमित्त प्रमुख जिल्ला अधिकारीबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।
जारी आदेशअनुसार चैत ७ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी तोकिएका क्षेत्रमा कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको निमित्त प्रजिअ भविश्वर घिमिरेले बताउनुभयो । आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने उहाँको भनाई छ ।
कपिलबस्तुको महाराजगंज नगरपालिकाको वडा नंं२ बरगदामा दुई समुदायबिच भएको विवादका कारण निषेधाज्ञा जारी गरिएको निमित्त प्रजिअ घिमिरेले बताउनुभयो ।
प्रशासनले पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगंज चोक, उत्तरमा महाराजगंज बजार र दक्षिणमा हदना क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।









प्रतिक्रिया राख्नुहोस्