जीर्ण हुँदै गएको भिटा भिरको बाटो निर्माणमा ३ करोडको लागत अनुमान

बैतडी । बैतडी को पाटन नगरपालिका वडा नम्बर ०३ र वडा नम्बर ६ जोडने भिटा बाटो जीर्ण हुँदै गएपछि भिटाभिर देखि बनारसी धाम सम्म जोड्ने पैदल मार्ग निर्माण गर्न ३ करोड लागत अनुमान गरिएको छ ।
स्थानीय जनप्रतिनिधिहरूले उक्त बाटो निर्माण कार्यलाई आगामी आर्थिक वर्ष २०८३र०८४ को योजना सूचीमा समावेश गर्न सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पाटन बैतडीलाई लागत अनुमानसहित सिफारिस गरेका छन्। पाटन नगरपालिका वडा नम्बर ६ र पाटन नगरपालिकाको कार्यालयद्वारा सम्बन्धित निकायलाई पठाइएको पत्र अनुसार सो क्षेत्रमा रहेको भिटा–भिरको बाटोलाई प्राथमिकतामा राखिएको पाटन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र विष्टले बताउनुभयो।
पाटन नगरपालिका वडा नम्बर ६ र वडा नम्बर ०३ गुजरलगायत सुर्नया गाउँपालिकाका स्थानीय नागरिकहरूले आवतजावत गर्ने भिटा भिरको बाटो पुनःनिर्माण गर्न लेखापढी सहित सिफारिस गरिएको बताइएको छ । पाटन नगरपालिका ६ मा पर्ने भिटा भिरमा रहेको यो बाटो निकै जोखिमपूर्ण छ । तल सुर्नया नदी र माथी भिटा भिर भएको यो बाट हुँदै जोखिम मोलेर दैनिक रूपमा विद्यार्थीहरू बिहान बेलुका विद्यालय जाने गरेका छन् । तर अहिलेसम्म उक्त बाटो पुन निर्माण भने हुन सकेको छैन ।
पाटन ६ टुडेगैर का स्थानीय बासिन्दाहरूले भिटा भिरको बाटो घाँस दाउरा गर्न दैनिक प्रयोग गर्छन् । भिटा भिरको बिचमा रहेको उक्त बाटो साँघुरो रहेकाले आवातजावत गर्न निकै जोखिमपूर्ण छ ।
भिटा को भिरमा रहेको उक्त बाटो पुन निर्माणमा कसैको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो रहेको छ। पाटन ६ र ३ का स्थानीयवासी उक्त बाटो खाद्यान्न किनबेच , भेडा बाख्रा र घाँस दाउरा गर्न प्रयोग गर्ने गर्छन् । बाटो जोखिमपूर्ण भएकाले विद्यालय जाने आउने बालबालिकाका अभिभावकहरू समेत विद्यार्थीसँगै विद्यालय आवतजावत गर्नु पर्ने बाध्यता रहेको छ ।
पाटन गाउँ विकास समितिको पालामा निर्माण गरिएको उक्त बाटोको अहिले सम्म पुन निर्माण को काम भने भएको छैन । तत्कालीन समयमा नरेन्द्र बिष्ट पाटन गाउँ विकास समिति अध्यक्ष भएको बेला निर्माण गरिएको उक्त बाटो को संरचना समेत फेर्न सकिएको छैन । पाटन नमूना शहर मा विकसित हुँदा समेत यो बाटो को अवस्था भने पुरानै रहेको छ । यता पाटन नगरपालिकाले भने बजेट अभावका कारण उक्त बाटो निर्माण हुन नसकेको जनाएको छ ।
पाटन ०३ गुजर र पाटन ६ टुडेगैरका स्थानीय सहित सुर्नया गाउँपालिकाका स्थानीयले दैनिक रूपमा प्रयोग गर्ने उक्त बाटो वि।स २०६२्६३ ताका सर्वदलीय षड्यन्त्रले केही ठाउँ मा पुन निर्माण गरेको भएपनी संरचनात्मक फेरबदल भने हुन सकेको थिएन। माथी पनि भिर तल पनि भिर, निहुरिएर जानू पर्ने बाध्यता रहेको भिटाभिरको बाटो पुन निर्माण नहुँदा दैनिक काम काजका लागि पाटन बजार आवतजावत गर्न निकै अप्ठ्यारो भएको स्थानीयहरूले बताएका छन् । पचासौँ बर्ष पुरानो उक्त बाटो मर्मतको लागि बजेट अभाव भएको र मर्मत गरेपनि भिर माथी बाट आएका डुङ्गाले क्षेती पुर्याउने गरेको पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले बताउनुभयो ।
पाटन नयाँ शहर मा विकसित भए पनि नागरिकका समस्या भने यथावत् नै छन् । अहिले शिक्षक , विद्यार्थी , कर्मचारी देखि व्यापारी सम्म को आवतजावत गर्ने पैदल मार्ग भिटा बाटो भएपनि पुनः निर्माण मा कसैको ध्यान पुगेको छैन ।








प्रतिक्रिया राख्नुहोस्