तपाईँ सुन्दै हुनुहुन्छः

“समुन्नत गण्डकी” रेडियो कार्यक्रम प्रसारण सम्बन्धि सम्झौता

पोखरा । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराबिच “समुन्नत गण्डकी” रेडियो कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ । 

गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी र रेडियो नेपाल पोखराका कार्यालय प्रमुख शान्ती गुरुङले आज उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार ३० मिनेटको समुन्नत गण्डकी रेडियो कार्यक्रम रेडियो नेपालबाट हरेक शनिबार दिउँसो २.३० देखि ३.०० बजेसम्म प्रसारण हुनेछ ।

उक्त कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखराको मिडियम वेभ ६८४ किलोहर्ज, एफ.एम. ९८ मेघाहर्जमा गोरखाको उपल्लो कोट, १०० मेघाहर्जमा पोखरा, तनहुँको बन्दीपुर, पर्वतको दुर्लुङकोट, १०३ मेघाहर्जमा बर्दघाट सुस्तापूर्व दाउन्ने र पाल्पाको वगनासकाली रिले स्टेसनबाट एकैसाथ प्रसारण हुनेछ । 

साथै रेडियो नेपालको अनलाइन पोर्टल radionepalonline.com मोबाइल एप, रेडियो नेपालको फेसबुक पेज र युट्युब च्यानलबाट पनि प्रसारण हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button