काँग्रेसले टुङ्गो लगायो समानुपातिकको नाम, निर्वाचन आयोगमा बुझाउँदै
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभाको समानुपातिक तर्फको सूची निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले यसअघि तोकिए बमोजिमका नामहरू बुझाउने निर्णय गरिएको प्रवक्ता एवं केन्द्रीय समिति सदस्य देवराज चालिसेले जानकारी दिनुभयो ।
उहाँले बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरेको जानकारी दिनुभयो ।
काँग्रेसले समानुपातिकमा २० सिट जितेको छ । आयोगले दिएको निर्देशनअनुसार नै क्लस्टर छुट्याएर नाम सिफारिस गरिएको प्रवक्ता चालिसेले बताउनुभयो । निर्वाचन आयोगले कम्तीमा १५ जना महिला सिफारिस गर्न भने बमोजिम सिफारिस गरिएको पनि उहाँले जानकारी दिनुभयो । अहिले नाम भने सार्वजनिक नगरिएको उहाँले उल्लेख गर्नुभयो ।
काँग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ । जसमा एक जनामात्र महिला उम्मेदवार विजयी हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्