तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीद्वारा अध्यक्ष ओलीलाई  समवेदना प्रकट

काठमाडौँ । प्रधानमन्त्री  सुशीला कार्कीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

ओली निवास भक्तपुरको गुन्डु पुगेर प्रधानमन्त्री कार्कीले अध्यक्ष ओलीलाई  समवेदना प्रकट गर्नु भएको हो ।

प्रधानमन्त्रीका साथ उहाँको पति दुर्गा सुवेदीले पनि ओली निवास पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुका साथै ओलीलाई समवेदना दिनुभएको थियो । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रवार ९७ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button