रेडियो नेपालको उत्कृष्ट संवाददाताबाट बाग सम्मानित

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको उत्कृष्ट संवाददाताका रूपमा हरिशचन्द्र बाग पुरस्कृत तथा सम्मानित हुनुभएको छ ।
रेडियो नेपालको ७६औँ वार्षिकोत्सवको अवसरमा देशभरका संवाददातामध्ये उत्कृष्ट संवाददाताका रूपमा कञ्चनपुर जिल्ला संवाददाता बाग पुरस्कृत तथा सम्मानित हुनुभएको हो । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. बिक्रम तिमल्सिनाले सम्मानपत्र तथा नगदसहित सम्मान गर्नुभयो ।
२०७५ सालदेखि निरन्तर संवाददाताको रूपमा पत्रकारिता गर्नुभएका बागले सर्वोत्कृष्ट संवाददाताको रुपमा सम्मानित हुन पाउँदा जीवनकै अत्यन्तै गर्विलो क्षण भएको बताउनुभयो । साथै यसले जिम्मेवारी झनै बढेको महसुस हुनुका साथै गाउँ-टोलका आवाजलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्