तपाईँ सुन्दै हुनुहुन्छः

एमालेकाे सचिवालय बैठक सुरु

भक्तपुर । नेकपा (एमाले)को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको छ । एमाले सचिवालय बैठकले हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउने बताइएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम भोलिसम्ममा बुझाउन दलहरूलाई पत्राचार गरिसकेको छ । बैठकमा पार्टीको आगामी रणनीति लगायत समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताइएको छ।

अध्यक्ष ओली पितृ शोकमा हुनुहुन्छ । अध्यक्ष ओलीका पिताको ९७ वर्षको उमेरमा हिजो निधन भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button