तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जली

काठमाडौँ I राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली दिनुभएको छ ।

सभापति लामिछानेले आज सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिँदै अध्यक्ष ओलीका पिता ओलीको निधनले आफूलाई दुःखी तुल्याएको उल्लेख गर्दै दुःखद घडीमा दिवङ्गत पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।

दिवङ्गत ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button