चिकित्सा शिक्षा अध्ययनको रोजाई बन्दै जुम्ला
भारतका ५ जना सहित १३० जना विद्यार्थी जुम्ला पुगे
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्वास्थ्य सेवा प्रवाह, अध्ययन तथा अनुसन्धानका क्षेत्रमा मात्र नभई चिकित्सा शिक्षा अध्ययनको केन्द्र समेत बन्दै गएको छ । पश्चिम नेपालकै स्वास्थ्य भरोसा बनेको कर्णाली प्रतिष्ठान पछिल्लो वर्षमा चिकित्सा शिक्षा अध्ययनको केन्द्र बन्दै गएको हो ।

देशका सुविधा सम्पन्न ठाउँहरू छोडेर जुम्ला चिकित्सा शिक्षा अध्ययनका लागि सबैको रोजाई बन्न थालेको छ । नेपालका मात्र नभई अहिले जुम्ला भारतबाट समेत आएर डाक्टरी अध्ययन गरिरहेका छन् ।
कर्णाली प्रतिष्ठानको नयाँ शैक्षिक शत्र २०८२ का लागि छिमेकी राष्ट्र भारतका ५ जनासहित १३० जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययन गर्न जुम्ला पुगेका छन् ।
जुम्लामा आएका विद्यार्थी र उनीहरूका अभिभावकलाई मङ्गलवार स्वागतसँगै अभिमुखीकरण गरिएको छ । जसमा एमबीबीएसतर्फ ५० जना, नर्सिङतर्फ २० जना, बीएनएसतर्फ २० जना, बीपीएचतर्फ २० जना र बीएसी नर्सिङतर्फ २० गरी १३० जना विद्यार्थी जुम्ला चिकित्सा शिक्षा अध्ययन गर्न जुम्ला पुगेको प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर डबल बहादुर धामीले बताउनुभयो ।
गत वर्ष विभिन्न फ्याकल्टीमा १०४ भर्ना नयाँ भर्ना भएको प्रतिष्ठानमा यस वर्ष २६ जना बढेर १३० जना एमबीबीएस, बीएनएस, बी फार्ममा, बीएसी नर्सिङ, विपीएच लगायत विषय अध्ययन गर्न जुम्ला आइपुगेका हुन् ।








प्रतिक्रिया राख्नुहोस्