समानुपातिकतर्फ रास्वपाले ५० लाख मत कटायो, अरुको कति ?
काठमाडौँ। बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ ।
समानुपातिक तर्फ हालसम्म १ करोड ४ लाख ९५ हजार २ सय १८ मत गणना भएको छ ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५० लाख ३३ हजार ६ सय ९१ मत प्राप्त गरी अग्रस्थानमा रहेको छ ।
नेपाली काँग्रेसले १७ लाख ५ हजार २ सय ४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ ।
यसै गरी नेकपा एमालेले १४ लाख २१ हजार २ सय ६२ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी नेकपाले ७ लाख ७५ हजार ५३ मत प्राप्त गरेको छ ।
यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ६२ हजार १ सय ७४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २६ हजार १ सय ७४ ,जनता समाजवादी पार्टी नेपालले १ लाख ७२ हजार ९ सय मत ७० प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्