तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका गुरुङ विजयी

गोरखा । गोरखामा फागुन २१ गते भएको निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकिएको छ ।  

गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ विजयी हुनुभएको छ । गुरुङले २९९०० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रेम कुमार खत्रीले १५२४६ मत प्राप्त गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले १११२४ र नेकपा एमालेका रामचन्द्र लामिछानेले ३७३२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button