समानुपातिक तर्फको मतगणना जारी रास्वपा अग्रस्थानमा
काठमाडौँ। बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ ।
समानुपातिक तर्फ हालसम्म ९० लाख २२ हजार २ सय २३ मत गणना भएको छ ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ४३ लाख ६७ हजार २ सय ४० मत प्राप्त गरी अग्रस्थानमा रहेको छ ।
नेपाली काँग्रेसले १४ लाख ५७ हजार ५ सय ०१ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ ।
यसै गरी नेकपा एमालेले १२ लाख २४ हजार ६ सय १३ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी नेकपाले ६ लाख ४७ हजार ६ सय ०२ मत प्राप्त गरेको छ ।
यस्तै श्रम संस्कृति पार्टीले ३ लाख १० हजार ९ सय २६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ९२हजार ८ सय ५७ जनता समाजवादी पार्टी नेपालले १ लाख ३९ हजार २ सय ६१ प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्