बाजुरामा नेपाली काँग्रेसका जनक गिरी विजयी
बाजुरा। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी हुनुभएको छ।

अन्तिम मत परिणाम अनुसार गिरीले १७ हजार १सय७३ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो।
त्यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लाल बहादुर थापा ले १६ हजार ६ सय ३३ मत प्राप्त गर्नुभएको छ। गिरीले थापालाई ५ सय ४० मतको अन्तरले पराजित गर्नुभएको हो।
अन्य उम्मेदवारहरूको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा ले ६ हजार ३५ मत, नेपाल कम्युनिस्ट पार्टीका प्रकाश शाह ले ३ हजार ४सय २८ मत, राप्रपाका केशर बहादुर शाहीले ३सय५२ मत प्राप्त गर्नुभएको छ।
यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार दिपक डिसी ले ९७ मत, नेकपा माओवादीका भुपेन्द्र ल्वार ले ३सय३३ मत, र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही ले ७२ मत प्राप्त गर्नुभएको छ।
जिल्लाभरका सबै मतदान केन्द्रको मतगणना सम्पन्न भएसँगै अन्तिम परिणाम सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोख्रेलले बताउनुभयो । बाजुरामा कुल ८७हजार ८सय ६१ मत मध्ये ४६हजार २ सय ३२ मत खसेको थियो।







प्रतिक्रिया राख्नुहोस्