तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा रास्वपाको ‘क्लिनस्विप’ क्षेत्र न-१ मा पनि रास्वपाका गेलाल विजयी

उदयपुर। उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र न-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारश मणि गेलाल विजयी हुनुभएको छ। अन्तिम मत परिणाम अनुसार उहाँले ३० हजार ५ सय ९० मत प्राप्त गर्दै १८ हजार ९८४ मतको फराकिलो अग्रता सहित विजयी हुनुभएको हो।

अन्तिम मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका राजेश कुमार राई ११ हजार ६०६  मतसहित दोस्रो स्थानमा रहनुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका बलदेव चौधरी ले १० हजार २१ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी नेपाली काँग्रेसका विदुर वस्नेत ले ९ हजार ६७५ मत प्राप्त गर्दा नेकपा (एमाले) का दुर्गा कुमार थापा ले ९  हजार २०६ मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सुभास चन्द्र खड्का ले ९४१ मत प्राप्त गर्नुभएको छ।

अन्य उम्मेदवारहरूमा जनता समाजवादी पार्टीका गणेश कुमार राई ले ५९७, उज्यालो नेपाल पार्टीका अर्जुन तामाङ ले ५६४, मंगोल नेशनल अर्गनाइजेसनका बद्री विक्रम राई ले १२०, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अमृत बहादुर खत्री ले ११२, संयुक्त नागरिक पार्टीका सुरेश राई ले १०१, नेपाली जनता दलका कुशेश्वर चौधरी ले ८५, स्वतन्त्र उम्मेदवार देवराज रोका ले ८३, आम जनता पार्टीका मनोज कुमार पौडेल ले ४९, नेपाल मजदुर किसान पार्टीका विष्णु बहादुर खत्री ले ४८, राष्ट्रिय जनमोर्चाका लिलकुमार राई ले ४४, नागरिक सर्वोच्चता पार्टी नेपालका प्रशान्त कुमार राई ले ४४ र नेपाल जनमुक्ति पार्टीका गोकर्ण राई ले ३० मत प्राप्त गर्नुभएको छ।

यस क्षेत्रमा कुल ८० हजार ५९ मत खसेकोमध्ये ७३ हजार ९१६ मत सदर भएका छन् भने ६ हजार १४३ मत बदर भएका छन्।

क्षेत्र नं. १ मा पनि रास्वपाका उम्मेदवार विजयी भएसँगै उदयपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले क्लिनस्विप गरेको छ। यस अघि आज बिहानी क्षेत्र न. २ बाट रास्वपाका सूर्य बहादुर लामाले विजयी हाँसिल गर्नुभएको थियो ।

उदयपुर क्षेत्र नं १ मा २०६४ साल देखी निरन्तर ४ संघीय निर्वाचनमा जित हाँसिल गरेको नेपाली कांग्रेसको विरासत तोड्दै रास्वपाले जित हाँसिल गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button