प्रतिनिधिसभा सदस्य निर्वाचन: हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०४ क्षेत्रमा विजयी भएको छ । आज बिहान १०ः५० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २१ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली काँग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने तीन स्थानमा अगाडि रहेको छ । नेकपा एमालेले सात स्थानमा विजयी हुँदा तीन स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी हुनुभएको छ भने ३ स्थानमा अग्रता लिएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका एक जना उम्मेदवार विजयी र २ अग्रस्थानमा हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी हुनुभएको छ ।
समानुपातिकतर्फ
प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म २७ लाख ६१ हजार ४२१ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले १३ लाख ८८ हजार ४२१, नेपाली काँग्रेसले चार लाख ७१ हजार ३५५, नेकपा एमालेले तीन लाख ८० हजार ९३२ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख ८२ हजार ८३४ मत प्राप्त गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्