तपाईँ सुन्दै हुनुहुन्छः

समानुपातिकतर्फ १९ लाख ४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १९ लाख ४ हजार ५६३ मतगणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । सो दलले हालसम्म कुल ९ लाख ८४ हजार ३५३ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली काँग्रेसले ३ लाख २३ हजार ११७, नेकपा (एमालेले २ लाख ५७ हजार ३०४, नेपाली कम्युनिष्ट पार्टीले १ लाख १३ हजार ३१८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७० हजार ४१३, श्रम संस्कृति पार्टीले ४१ हजार ३२६, राष्ट्रिय परिवर्तन पार्टीले २३ हजार २९५, जनता समाजवादी पार्टीले १२ हजार १५५ र एकल चिह्न चकिया (जाँतो)ले ८ हजार ३७३ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button