तपाईँ सुन्दै हुनुहुन्छः

इलाम–२ मा सुहाङ नेम्वाङ ७,७७६ मतान्तरले विजयी

इलाम । इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। नेम्वाङले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ७,७७६ मतान्तरले पछि पार्दै विजय हासिल गर्नुभएको हो।

अन्तिम मतपरिणाम अनुसार सुहाङ नेम्वाङले २२,४२६ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यले १४,६५० मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्नुभएको छ।

त्यस्तै श्रम संस्कृति पार्टीका सुदीप राईले १४,४०० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले ७,८१४ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टीका ओम गुरुङले १,१७२ मत प्राप्त गर्नुभएको छ।

मतगणनाको सुरुवातदेखि नै सुहाङ नेम्वाङले अग्रता कायम राख्दै अघि बढ्नुभएको थियो। विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा देखिए पनि अन्तिम परिणाममा नेम्वाङले स्पष्ट मतान्तरसहित जीत हासिल गर्नुभएको हो।

यो जितसँगै इलाम–२ मा नेकपा एमालेले महत्वपूर्ण राजनीतिक सफलता हासिल गरेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button