तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी

धनकुटा । प्रतिनिधिसभा सदस्यमा धनकुटाबाट नेकपा (एमाले) का राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । उहाँले १८ हजार १३२ मत प्राप्त गर्नुभयो ।

विजयी राईका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाउनुभयो । यस्तै श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ मत तथा रास्वपाका दिनेश भण्डारीले नौ हजार ९४४ मत प्राप्त गर्नुभयो ।

विजयी राईलाई निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले प्रमाणपत्र प्रदान गर्नुभयो । जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् । निर्वाचनमा तीन स्वतन्त्र र १४ दलसहित १७ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button