तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज थेबे निर्वाचित

ताप्लेजुङ । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका क्षितिज थेबे निर्वाचित हुनुभएको छ । 

नेपाली काँग्रेसका गजेन्द्र प्रसाद तुम्याहाङलाई २ हजार २ सय ५१ मत अन्तरले पराजित गर्दै थेबे विजयी भएका हुनुभएको हो ।  थेवेले १३ हजार ९ सय ६२ मत प्राप्त गर्दा तुम्याहाङले हजार.११ हजार ७ सय ११ मत प्राप्त गर्नुभयो  । 

थेबे कोशी प्रदेशबाट निर्वाचित हुने एमालेका पहिलो सांसद पनि बन्नुभएको छ । नेकपाका खेलप्रसाद वुढाक्षेत्री ६ हजार ७ सय ७५ मत सहित तेस्रो हुँदा श्रम संस्कृति पार्टीका सन्तोष राई ५ हजार २ सय ९ मतसहित चौथो र राष्ट्रिय स्वतन्त्र पार्टीका बिरेन्द्र श्रेष्ठ ४ हजार १ सय ५५ मत सहित पाँचौँ स्थानमा रहनुभएको छ ।

यता सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लाबुङले २ सय २१ मत प्राप्त गर्नुभएको छ भने उज्यालो नेपालका कृतिमा मादेनले २ सय ३२ मत, जनता समाजवादीका अरुण लिम्बु १ सय ४१ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टी नरपति पौडेलले १ सय ५३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्र प्रसाद थापाले १ सय ८५ मत प्राप्त गर्दा जसपा नेपालका सूर्य गुरुङले  ५५ मत र मंगल अर्गनाजेसन पार्टीका सन्त बहादुर लिम्बुले ५० मत र नेपाल जनमुक्ति इन्द्र बहादुर लिम्बुले ४६ मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगले भनेँ औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेको छ ।  ताप्लेजुङमा यस अघि २०७४ र २०७९ मा एमालेका योगेश भट्टराई विजयी हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button