तपाईँ सुन्दै हुनुहुन्छः

दाङ-३ मा रास्वपाका सुवेदी विजयी

दाङ । दाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी ४४ हजार २४८ मतसहित विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत चन्द्रबहादुर सिञ्जालीका अनुसार उहाँ नेपाली काँग्रेसका दीपक गिरीलाई  २७ हजार ७९५ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । यहाँ कांग्रेस उम्मेदवार गिरीले १६ हजार ४५३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नेकपा (एमाले)का घनश्याम पाण्डेले १२ हजार १९५, नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३२८ मत प्राप्त गर्नुभएको छ ।  

यस क्षेत्रमा एक लाख ५० हजार ७२० मतदाता रहेकामा ८९ हजार ५२७ मत खसेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button