तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा नेकपाको अग्रता कायमै 

सल्यान । सल्यानमा नेपाली कम्युनिस्ट पार्टीले आफ्नो अग्रता कायमै राखेको छ । ४३ हजार ३३८ मत गणना हुँदा नेकपामा रमेश कुमार मल्ले १२ हजार १९८ प्राप्त मत प्राप्त गर्नु भएको छ । उहाँलाई रास्वपाका ललित कुमार चन्दले मतान्तर घटाएर पच्छयाई रहनु भएको छ । उहाँले ११ हजार ३९० मत  प्राप्त गर्नु भएको छ ।

यस्तै नेपाली कांग्रेसका केश बहादुर विष्टले ८ हजार ७१९, एमालेका गुलाब जंग शाहले ७ हजार ५०१ मत ल्याउनु भएको छ । राप्रपाकी अनिसा नेपाली ५११, नेमकिपा लाल बहादुर थापा क्षेत्री ३५, जनमोर्चाकी कमला डाँगी ६३, मंगोल नेशनल अर्गनाइजेशन का बालासिहं घर्ती १८, सयुक्त नागरिक पार्टीका कालिदास विक ५२, नेशनल रिपब्लिक नेपाल का डिल्ली बहादुर घर्ती ६९, श्रम संस्कृति पार्टी का धन बहादुर बुढामगर ६८, नेकपा माओवादीका चन्द्र बहादुर खड्का  ६९३, स्वतन्त्रका जुद्ध बहादुर सिंह ९ र स्वतन्त्रका ध्रुवराज वलीले ८९ मत प्राप्त गर्नु भएको छ ।

जिल्लाका ११७ मतदान स्थलका २०५ मतदान केन्द्रबाट करिब ५१ प्रतिशत अर्थात् ८४ हजार २०१ मत खसेको छ ।जसमा महिला ४६ हजार ९५९ र पुरुष ३७ हजार २४२ जनाले मत हालेका थिए । 

जिल्लामा ८३ हजार ३२१ पुरुष र ७९ हजार १२८ महिला गरी १ लाख ६२ हजार ४४९ मतदान रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button