रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलको ऐतिहासिक जित, विष्णु पौडेल भारी मतान्तरले पराजित
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल विजयी हुनुभएकाे छ।
निर्वाचन आयोगका अनुसार खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै जित हासिल गर्नुभएकाे छ। उहाँले नेकपा एमालेका वरिष्ठ नेता विष्णु पौडेल लाई ४३ हजार ६८९ मतान्तरले पराजित गर्नुभएकाे छ।
पौडेलले १२ हजार ८६१ मत प्राप्त गर्नुभयाे। यस्तै नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेल ले ९ हजार ३९२ मत ल्याउँदा नेकपाका सुभाष पाण्डे ले १ हजार ४०९ मत प्राप्त गर्नुभएकाे छ।








प्रतिक्रिया राख्नुहोस्