ताप्लेजुङमा नेकपा एमालेका थेवे अग्रस्थानमा

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तरगत ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार क्षितिज थेवेले अग्रता लिनुभएको छ ।
सुरुवाती चरणमा तेस्रो स्थानमा रहनुभएका थेवेले अग्रता लिनुभएको हो । थेबे ९ सय ९८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । १६ हजार ७ सय ४७ मतगणना सम्पन्न गर्दा थेवेले ५३ सय ७२ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तुम्यहाङले ४४ सय ७६ मतका साथ दोस्रो स्थानमा रहनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका खेल प्रसाद बुढाक्षेत्रीले २५ सय ७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहनु भएको छ । श्रम संस्कृति पार्टीका सन्तोष राईले १७ सय ६७ मत प्राप्त गर्नुभएको छ । रास्वपाका विरेन्द्र श्रेष्ठले १३ सय ३९ मत प्राप्त गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्