मकवानपुरको दुवै क्षेत्रमा रास्वपाको अग्रता
मकवानपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा जारी मतगणनामा दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्त पार्टी (रास्वपा) ले अग्रता लिएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा हालसम्म क्षेत्र नम्बर–१ मा १८ हजार २२४ र क्षेत्र–२ मा ११ हजार ८६७ मतगणना हुँदा दुवै क्षेत्रमा रास्वपाले अग्रता लिइरहेको छ ।
मकवानपुर–१ को हेटौँडा उपमहानगरपालिका २, ४, ५ र ६ नम्बर वडाको कुल १८ हजार २२४ मतगणना सम्पन्न हुँदा रास्वपाले १० हजार ७९१, नेकपा एमालेले १ हजार ९२७, नेपाली कांग्रेसले २ हजार २१३, नेपाली कम्युनिष्ट पार्टीले ६६०, राप्रपाले १ हजार ५१०, उज्यालो नेपाल पार्टीले २५८ र श्रम संस्कृति पार्टीले १७९ मत प्राप्त गरेको छ । यो क्षेत्रमा रास्वपा ८ हजारभन्दा बढी मतान्तरले अगाडि रहेको छ । यस क्षेत्रमा हालसम्म ५३६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, मकवानपुर क्षेत्र नम्बर २ मा जारी मतगणनाअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोब्बरभन्दा बढी मतान्तरसहित अग्रता लिएको छ । यस क्षेत्रअन्तरगत मनहरी गाउँपालिकाको ७ वटा वडाको १४ हजार २५७ मतगणना मतगणना सम्पन्न भएको छ । जसमा रास्वपाले ६ हजार १९ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले २ हजार ८६९, नेकपा एमालेले २ हजार ४१३, नेपाली कम्युनिस्ट पार्टीले १ हजार ४२९, उज्यालो नेपाल पार्टीले ९२४, श्रम संस्कृति पार्टीले २१४, राप्रपाले १८६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले १४२ मत प्राप्त गरेको छ । हालसम्मको मतगणनाम यस क्षेत्रमा १ हजार २७३ मत बदर भएको छ ।
मकवानपुरमा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेको मध्ये ९६ हजार ६३४ पुरुष, ८९ हजार ९१२ महिला र ५ जना तेस्रो लिङ्गी गरि १ लाख ८६ हजार ५५१ मत खसेको छ । जसमध्ये निर्वाचन क्षेत्र १ मा पुरुष ४७ हजार ६७०, महिला ४७ हजार ६३६ र ४ जना तेस्रो लिङ्गी गरेर ९५ हजार ३१९ र क्षेत्र २ मा पुरुष ४८ हजार ९६४, महिला ४२ हजार २७६ जना र तेस्रो लिङ्गी १ जना गरि ९२ हजार २४१ जनाले मतदान गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्