बाराका चारवटै क्षेत्रमा रास्वपाका उम्मेदवारको अग्रता
बारा I प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा बाराका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता कायम गरेका छन्।
प्रारम्भिक मतपरिणाम अनुसार अन्य दलका उम्मेदवारभन्दा रास्वपाका उम्मेदवारहरू उल्लेख्य मतान्तरले अगाडि देखिएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार गणेश धिमाल ले बारा निर्वाचन क्षेत्र नं. १ मा १४ हजार ६४५ मत प्राप्त गरी अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अच्युत मैनाली ले ४ हजार ११९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस का शम्भुबहादुर बुढाथोकी ले ३ हजार ४५१ मत प्राप्त गरेका छन्।
यसैगरी बारा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार चन्दन कुमार सिंह ले ३ हजार ८२२ मत प्राप्त गरी अग्रता कायम गरेका छन्। जनता समाजवादी पार्टी नेपाल का राम किशोर प्रसाद यादव ले २ हजार ३१२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का बलबिर प्रसाद चौधरी ले १ हजार ६२३ मत प्राप्त गरेका छन्।
त्यस्तै बारा निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार अरबिन्द साह ले १८ हजार ६०९ मत प्राप्त गरी उल्लेख्य अग्रता बनाएका छन्। नेपाली कांग्रेस का फरमुल्लाह मंसुर ४ हजार ९५४ मतसहित दोस्रो स्थानमा छन् भने जनता समाजवादी पार्टी नेपाल का रामबाबु कुमार यादव ३ हजार ७७ मतसहित तेस्रो स्थानमा रहेका छन्।
यसैगरी बारा निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार रहबर अन्सारी ले १८ हजार ८०४ मत प्राप्त गरी अग्रता कायम गरेका छन्। नेकपा (एमाले) का कृष्ण कुमार श्रेष्ठ (किसान) ४ हजार ८३५ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेस का श्यामबाबु गुप्ता ३ हजार ३०३ मतसहित तेस्रो स्थानमा रहेका छन्।
जिल्लाका विभिन्न मतगणना केन्द्रमा मतगणना कार्य निरन्तर जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बाँकी मतगणनापछि अन्तिम परिणाम भोलिसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्