कास्की-३ मा रास्वपाकी विना गुरुङ विजयी
कास्की। कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की विना गुरुङ निर्वाचित हुनु भएको छ । गुरुङले ३२ हजार ११२ मत प्राप्त गर्नु भएको छ ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनराज गुरुङको पक्षमा ११ हजार २५७ मत खसेको छ ।
नेकपा एमालेका दामोदर बैरागीले ६ हजार ७०५ मत पाउनु भएको छ भने नेकपाका गोपाल गिरीले १ हजार २७४ मत प्राप्त गर्नु भएको छ ।
मतगणनाका क्रममा २ हजार ३७९ मत बदर भएको निर्वाचन स्रोतले जनाएको छ।
हालसम्मको नतिजाअनुसार बिना गुरुङले करिब २० हजार ८५५ मतको फराकिलो अग्रता लिँदै जित निकाल्न सफल हुनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्