तपाईँ सुन्दै हुनुहुन्छः

पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपा अग्रस्थानमा 

वीरगञ्ज। पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले मतान्तर बढाउँदै लगेपछि रातको समयमा समेत मतगणनास्थलमा रास्वपाका कार्यकर्ताहरूले खुशियाली मनाउन थालेका छन् । 

पर्सामा प्राप्त पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नम्बर १ मा १४ हजार २ सय ९६  मत गणना हुँदा रास्वपाका हरि पन्त –(बुद्धि प्रसाद पन्त) ले अग्रता बढाउँदै लैजानुभएको छ । 

पन्तले ५ हजार ९ सय १५ मत प्राप्त गर्दा एमालेका उम्मेदवार प्रदीप यादवले ३ हजार ३ सय २ मत पाउनु भएको छ भने नेपाली काँग्रेसका उम्मेदवार अनिल रुंगटाले २ हजार ९ सय ८७ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी पर्साको क्षेत्र नम्बर २ को प्राप्त पछिल्लो घोषित मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार शुशिल साह कानुले  मतान्तर बढाउँदै लैजानु भएको छ । 

प्राप्त पछिल्लो मतपरिणाम अनुसार १५ हजार ३ सय ४४ मत गणना हुँदा रास्वपाका उम्मेदवार कानुले ७ हजार ३ सय ३९ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका अजय चौरसीयाले ३ हजार १ सय १ मत प्राप्त गरी कानुलाई पछ्याई रहनु भएको छ । त्यसैगरी नेकपा एमालेकी रिमा कुमारी यादवले २ हजार ७ सय ९२ मत प्राप्त गर्नुभएको छ भने राप्रपाकी बिना जैसवालले २ सय १६ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी पर्साकै क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार रामाकान्त चौरसियाले ६ हजार २८ मत  प्राप्त गरी अग्रता बढाउँदै जानु भएको छ । सो क्षेत्रबाट नेपाली काँग्रेसका सुरेन्द्र चौधरीले २ हजार ६ सय ४० मत र एमालेका रुपेश पाण्डेले २ हजार ५ सय १२ मत प्राप्त गर्नुभएको छ । 

यता पर्सा क्षेत्र नम्बर ४ मा प्राप्त पछिल्लो मत परिणाम अनुसार रास्वपाका टेक बहादुर शाक्यले ३ हजार ९ सय २ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने नेपाली काँग्रेसका रमेश रिजालले २ हजार २ सय २२ मत र नेकपा एमालेका जालिम मियाँले ८ सय ४७ मत प्राप्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button