उदयपुर–१ मा रास्वपाका गेलालको अग्रता कायमै

उदयपुर । उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारस मणि गेलाल ले अग्रता कायम राख्नु भएको छ।
पछिल्लो ७ हजार ७०३ मत गणना हुँदा रास्वपाका उम्मेदवार गेलालले २ हजार ४ सय २९ मत प्राप्त गर्दै अग्रस्थानमा रहनु भएको हो। मतगणना सुरु भएदेखि नै उहाँले अग्रता कायम राख्दै आउनु भएको छ।
उहाँलाई पछ्याउँदै श्रम संस्कृति पार्टीका उम्मेदवार राजेश कुमार राई ले १ हजार ३ सय २२ मत प्राप्त गर्नु भएको छ। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का उम्मेदवार दुर्गा कुमार थापा ले १ हजार १ सय २९ मत ल्याउनु भएको छ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार बलदेव चौधरी ले १ हजार ५७ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका उम्मेदवार विदुर बस्नेतले ८ सय १९ मत प्राप्त गर्नु भएको छ।
पछिल्लो मत परिणाम अनुसार ५ सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। उदयपुर–१ मा मतगणना कार्य त्रियुगा माध्यमिक विद्यालय गाईघाटमा जारी रहेको छ।








प्रतिक्रिया राख्नुहोस्