काठमाडौँ क्षेत्र नं ६ बाट रास्वपाका खनाल विजयी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ ।
काठमाडौँ क्षेत्र नं ६ को अन्तिम मतपरिणाम अनुसार रास्वपाका खनालले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिनुभयो ।
यस्तै खनालको निकटतम प्रतिद्धन्द्धीमा नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँ क्षेत्र नं ६ मा कूल ४३ हजार ८ सय ६३ मत खसेको निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्