ताप्लेजुङमा कांग्रेसका तुम्याहाङको सुरुवाती अग्रता
ताप्लेजुङ । प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तरगत ताप्लेजुङमा तिन मतदान केन्द्रको मतगणना सकिँदा सुरुवाती चरणमा नेपाली काँग्रेसका गजेन्द्र प्रसाद तुम्याहाङले अग्रता लिनुभएको छ ।
सिरिजङ्घा गाउँपालिका–५ पेदाङ,४ तेल्लोक र ७ खेबाङको २३ सय ६९ मतगणना सकिँदा तुम्याहाङले ६४ मतले अग्रता लिनुभएको हो । तुम्याहाङले ७ सय ८६ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका खेल प्रसाद बुढाक्षेत्रीले ७ सय २२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ । त्यस्तै नेकपा एमालेका क्षितिज थेबेले ४ सय ६८ मत प्राप्त गर्नुभएको छ ।
रास्वपाका विरेन्द्र श्रेष्ठले १ सय ८० मत प्राप्त गर्नुहुँदा श्रम संस्कृति पार्टीका सन्तोष राईले ७७ मत प्राप्त गर्नुभएको छ । अहिले वडा नं १ सिनाम र ६ मामाङखेको मत गणना गर्ने तयारी गरिएको छ ।
कांग्रेसका गजेन्द्र प्रसाद तुम्याहाङ, एमालेका क्षितिज थेबे, नेपाली कम्युनिष्ट पार्टीका खेल प्रसाद बुढाक्षेत्री, रास्वपाका विरेन्द्र श्रेष्ठ र श्रम संस्कृति पार्टीका सन्तोष राई सिरिजङ्घा गाउँपालिकाका हुन ।








प्रतिक्रिया राख्नुहोस्