पर्साका ४ वटै क्षेत्रमा रास्वपा अग्रस्थानमा

वीरगंज । पर्साका ४ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ ।
पर्साको क्षेत्र नम्बर ४ मा प्राप्त पछिल्लो घोषित मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार टेक बहादुर शाक्यले ५ सय ६६ मत प्राप्त गरी अग्रता लिनु भएको छ ।
त्यसैगरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जालिम मियाँले २ सय ३३ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका रमेश रिजालले १ सय ६९ मत प्राप्त गर्नुभएको छ ।
पर्सामा प्रारम्भिक मत परिणाममा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिनुभएको छ ।
पर्साको क्षेत्र नम्बर १ र २ को मत गणना ठाकुरराम क्याम्पसमा जारी रहेको छ भने ३ र ४ को गणना पोखरीया स्थित जिल्ला उच्चांगल माविमा भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्