सरकारले चुनाव गराउन नसकेको भए मुलुक र संविधान नै जोखिममा पथ्र्यो : गृहमन्त्री अर्याल
काठमाण्डौ । गृहमन्त्री ओम प्रकाश अर्यालले विहिवार भएको प्रतिनिधि सभा सदस्य चुनावले मानवता जोगाउने, मुलुक जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको बताउनुभएको छ ।
आज एक भिडियो सन्देश जारी गर्दै गृहमन्त्री अर्यालले एक थोपा रगत नखसी चुनाव सम्पन्न गर्न सरकार सफल भएको बताउनुुभयो ।
उहाँले निर्वाचन हुन नसकेको भए मुलुक, संविधान र मानवता नै जोखिममा पर्न सक्ने अवस्था रहेको समयमा सरकारले निष्पक्ष चुनाव गराएको बताउनुुभयो ।
गृहमन्त्री अर्यालले सरकारले सुदृढ चुनाव गरोस् भन्ने अपेक्षा रहेकाले अरु बेलाको भन्दा गुणस्तरीय र सुदृढ चुनाव सम्पन्न गरेको बताउनुुभयो ।
गृहमन्त्री अर्यालले चुनावको क्रममा हिंसात्मक झडपहरू हुन नदिएको, एकाधबाहेक हुन खोजेका ठाउँमा पनि रोकथाम गरेर त्यसलाई नियन्त्रणमा राख्दै शान्तिपूर्ण रुपमा मतदान गराएको प्रष्ट पार्नुभयो ।
हामीले राजनीतिक सुशासनका मानकहरू बढाउनैपर्छ भन्दै गृहमन्त्री अर्यालले यी मानकहरुलाई सुदृढ गर्दै भविष्यमा आउने सरकारले ती मानकहरू घटाउन नसकुन् भन्ने तहको लक्ष्य र अपेक्षा राखेर सरकारले काम गरेको पनि बताउनुुभयो ।








प्रतिक्रिया राख्नुहोस्