तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको क्षेत्र नम्बर २ र ३ मा रास्वपाको अग्रता काँग्रेस र एमालेले पछ्याउँदै 

वीरगञ्ज । पर्साको क्षेत्र नम्बर २ को पछिल्लो घोषित मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार शुशिल साह कानुले  अग्रता लिनुभएको छ । 

प्राप्त पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार कानुले १ हजार ७७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी रिमा यादवले ६४३ मत प्राप्त गरी कानुलाई पछ्याई रहनुभएको छ । 

त्यसैगरी नेपाली काँग्रेसका अजय चौरसीयाले ३ सय ३० मत प्राप्त गर्नुभएको छ भने राप्रपाकी बिना जैसवालले १५ मत प्राप्त गर्नुभएको छ । 

यसअघि पर्साको क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार रामाकान्त चौरसीयाले अग्रता लिनुभएको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार चौरसीयाले १ हजार ५१ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका सुरेन्द्र प्रसाद चौधरीले ७ सय ७१ र नेकपा एमालेका रुपेश पाण्डेले २ सय ३८ मत प्राप्त गर्नुभएको छ ।

अहिले पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना ठाकुरराम क्याम्पस वीरगंजमा भइरहेको छ भने क्षेत्र नम्बर ३ र ४ को मतगणना पोखरिया स्थित जिल्ला उचागंल माविमा जारी रहेको छ । 

अझै पर्साको क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो विवरण घोषणा हुन सकेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button