भक्तपुर १ मा रास्वपाका रन्जितको अग्रता कायमै
भक्तपुर । भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रन्जित ८ हजार ३ सय ८ मतका साथ अग्रस्थानमा रहनुभएको छ ।
यसैगरी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ५ हजार १ सय ७७ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभएको छ ।
यस्तै नेपाली काँग्रेसका किरण न्यौपानेले १ हजार ३ सय ७, नेकपा एमालेका सोमप्रकाश मिश्रले ६ सय ९४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत बहादुर खड्काले ४ सय ३२ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म १७ हजार १ सय मत गणना भएको छ ।
मतगणना जारी छ ।








प्रतिक्रिया राख्नुहोस्