इलाम २ को मतगणना सुरु ,चुलाचुली गाउँपालिका ६ बाट गणना गरिने

इलाम । इलाम २ मा मतगणना सुरु भएको छ ।
चुलाचुली गाउँपालिका ६ बाट मतगणना सुरु गरिने जनाइएको छ । चुलाचुली गाउँपालिका ६ को मिक्लाजुङ मावि केन्द्रको मतपेटिका रुजु गरि मतगणना सुरु गरिएको हो ।
इलाम जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५७.५५ प्रतिशत मत खसेको छ । इलाम २ मा १ लाख १९ हजार मतदाता रहेकोमा ६६ हजार ९३४ मत खसेको थियो । इलाम २ मा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
इलाम जिल्लामा २ लाख ३१ हजार ८ सय नौ जना रहेका छन् । जसमध्ये १ लाख ३१ हजार ३९ जनाले मतदान गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्