काठमाडौँ–२ मा रास्वपाका केसी अगाडि
काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर– २ मा अहिलेसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सुनिल केसी ४ हजार १ सय १५ मतका साथ अग्रस्थानमा रहनुभएको छ ।
यसैगरी, नेपाली काँग्रेसका उम्मेदवार कबिर शर्माले १ हजार ६ सय ७९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले १ हजार ६१ मत, नेपाली कम्युनिष्ट पार्टी नितेश पौडेलले ९ सय २६ मत र नेकपा एमालेका मणिराम फुयाँलले ८ सय ५३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शान्ति न्यौपानेले जानकारी दिनुभयो ।
अहिले मतगणना जारी रहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्