काठमाडौँ क्षेत्र न-३ को प्रारम्भिक मतपरिणाम सार्वजनिक
काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र न-३ को प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
निर्वाचन कार्यालयका अनुसार गोकर्णेश्वर नगरपालिका–१ बाट सुरु भएको मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले एक हजार ४१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले ७४८, नेपाली कांग्रेसका रमेश अर्यालले २९८, नेकपा ९एमाले०का रामेश्वर फुँयालले २७९ र नेपाली कम्युनिष्ट पार्टीका नीरज लामाले ३५ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौँको क्षेत्र नं १, ४, ५ को मतगणना पनि सुरु भएको छ । विवरण भने प्राप्त भइसकेको छैन ।







प्रतिक्रिया राख्नुहोस्