पर्सा क्षेत्र न-१ मा मतगणनाको तयारी
पर्सा। पर्सा निर्वाचन क्षेत्र न-१ को मतगणनासम्बन्धी सर्वदलीय बैठक भोलि बिहान ७:३० बजे बस्ने भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनाअनुसार बैठक वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा रहेको मतगणना स्थलमा आयोजना गरिनेछ।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भई मतगणनाको प्रक्रिया, सुरक्षा व्यवस्था तथा आवश्यक व्यवस्थापनबारे छलफल गरिने बताइएको छ।








प्रतिक्रिया राख्नुहोस्