सल्यानमा ४८ प्रतिशत मत खस्यो
सल्यान । प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार सम्पन्न मतदानमा सल्यानमा प्रारम्भिक रुपमा ४८ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका कुल १ लाख ६२ हजार ४४९ मतदाता मध्ये प्रारम्भिक विवरणअनुसार ४८ दशमलव ४२ प्रतिशत मत खसेको छ । २०६९ को निर्वाचनमा ८३ हजार ७०४ मत अर्थात् ५३ दशमलव ०८ प्रतिशत मत खसेको थियो ।
जिल्लामा मतदानका लागि १ सय १७ मतदान स्थल र २ सय ५ मतदान केन्द्र निर्धारण गरिएको थियो । प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये १२ जना विभिन्न राजनीतिक दलका र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाको विशेष व्यवस्था गरिएको थियो । नेपाली सेना र सशस्त्र प्रहरी बलका टोली १३ स्थानमा खटिएका थिए भने १ हजार ४०६ जना म्यादी प्रहरीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको उल्लेख्य सङ्ख्यामा परिचालन गरिएको थियो।








प्रतिक्रिया राख्नुहोस्