तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा ६२ प्रतिशत मत खस्यो

कास्की । कास्कीमा आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार अनुमानित ६२ प्रतिशत मत खसेको हो ।

यकिन विवरण आउन केही समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ ।  ३ वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा ३ लाख ८ हजार मतदाता कायम रहेका छन् ।

कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार, “एकिन विवरण आउन केही समय लाग्छ ।” कास्कीमा कुल ३ लाख ८ हजार मतदाता रहेका छन् ।

बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।  

कास्कीमा ३ वटा निर्वाचन क्षेत्रमा १८ दलका ४९ जना चुनावी मैदानमा उम्मेदवार हुनुहुन्छ । 

कास्कीमा १ सय ५३ मतदानस्थलमा रहेका थिए । अहिले मत पेटिकामा लाहाचाप लगाउने र मतगणना स्थलमा मत पेटीका ल्याउने काम भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button