तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा हालसम्म १ लाख ९६ हजारभन्दा बढीले गरे मतदान

दाङ। दाङ जिल्लामा हालसम्म १ लाख ९६ हजारभन्दा बढीले मतदान गरेका छन् । 

जिल्लाका तीनवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ३१ हजार ७५४ र महिला ३४ हजार ४३२ गरी जम्मा ६६ हजार १८६ मतदान गर्नु भएको छ ।  

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा पुरुष २६ हजार ९९ र महिला ३२ हजार ६२९ गरी कुल ५८ हजार ७२८ मतदान गर्नु भएको छ ।निर्वाचन क्षेत्र नम्बर ३ मा पुरुष ३१ हजार ६४६ र महिला ३९ हजार ८५३ गरी जम्मा ७१ हजार ४९९ मतदान गरि सकेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

जिल्लामा ४ लाख ३१ हजार ६ सय ८६ जना  मतदाता रहेका छन् भने हाल कुल मतदाताको संख्या १ लाख ९६ हजार ४ सय १३ मत खसिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button