तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा दिउँसो २ बजेसम्म ३४ प्रतिशत मत खस्यो 

सल्यान। सल्यानमा दिउँसो २ बजेसम्म ३४ दशमलव ६९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार ५६ हजार ३ सय ६८ मत खसेको छ । 

कार्यालयका अनुसार सबैभन्दा कम दार्मा गाउँपालिकामा १० प्रतिशत मत खसेको छ भने धेरै शारदा नगरपालिकामा १२ हजार ४ सय ५२ मत खसेको छ । 

यस्तै कपुरकोट गाउँपालिकामा ५ हजार १०८, कालिमाटी गाउँपालिकामा ६४८०, कुमाख गाउँपालिकामा ३हजार ३ सय ३७, छत्रेश्वरी गाउँपालिकामा ५ हजार ५सय ६९, सिद्ध कुमाख गाउँपालिकामा ३८७० मत खसेको छ । यस्तै त्रिवेणी गाउँपालिकामा ३हजार ७ सय ४०, दार्मा गाउँपालिकामा १ हजार ३ सय ३१, बनगाड कुपिण्डे नगरपालिकामा ५ हजार ५ सय ८९र बागचौर नगरपाकिलामा ८ हजार ८ सय ९२ र शारदा नगरपालिकामा १२ हजार ४ सय ५२ मत खसेको छ । 

सल्यानमा १ लाख ६२ हजार ४४९ मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button