जुम्लामा १ बजे सम्म २३ हजार ६२५ मत खस्यो
जुम्ला। जुम्लामा दिउँसो १ बजेसम्म २३ हजार ६२५ मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १ बजे सम्म २३ हजार ६२५ अर्थात् कुल मतको ३२।९ प्रतिशत मत खसेको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सीनाले बताउनुभयो । उहाँका अनुसार कुल खसेको मत मध्य महिला ११ हजार ८२६ र पुरुष ११ हजार ८९७ रहेका छन्।
जुम्लाको कुल मतदाता संख्या ७१ हजार ७३९ रहेको छ । जसमा पुरुष ३७ हजार ४५९ र महिला मतदाता संख्या ३४ हजार २८० रहेको छ ।
हाल सम्म जिल्लाका ११० वटै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्