तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिबास नगरपालिका ७ मा दोहोरो विवादका कारण  मतदान स्थगित 

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका ७ स्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ । प्रेमनगर स्थित मतदान केन्द्रमा मत खसालेको विषयमा दोहोरो विवाद सृजना भएपछि झडप भएको हो । झडप पश्चात् मतदान प्रक्रिया स्थगित भएको छ ।

केही व्यक्तिहरूले दोहोर्‍याएर मतदान गर्न खोजेपछि दोहोरो झडप नै भएको स्थानीयहरूले बताएका छन् ।

स्थानीय राजविर महतोको अनुसार एक व्यक्तिले ४ पटकसम्म मतदान गर्ने प्रयास गरेका थिए । वडा अध्यक्ष भोरिल यादव लगायत स्थानीय बिच बिच विवाद सृजना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । झडपमा परि केही घाइते भएको स्थानीयहरूले बताएका छन् । सो मतदान केन्द्रमा अहिले व्यापक प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button