जलेश्वर कारागारमा शतप्रतिशत मतदान सम्पन्न
महोत्तरी।महोत्तरीको जलेश्वरस्थित अस्थायी मतदान केन्द्र रहेको जलेश्वर कारागार भित्र शतप्रतिशत मतदान सम्पन्न भएको छ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान करिब ७ बजेर ३० मिनेटमै, अर्थात आधा घण्टाभित्र सम्पन्न भएको कारागार प्रशासनले जानकारी दिएको छ।
जलेश्वर कारागारमा जम्मा ३९१ जना कैदीबन्दी रहेका छन्। मतदाता नामावलीमा २१ जना कैदीबन्दीको नाम दर्ता थियो र ती सबैले मतदान गरेका छन्। मतदान अधिकृत तथा कारागार प्रमुख अशोक कुमार क्षेत्रीले जानकारी दिनुभयो।







प्रतिक्रिया राख्नुहोस्