इलाम–१ मा निस्कल राईद्वारा मतदान
इलाम । इलाम–१ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राईले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत आज बिहान ७ बजे मतदान गर्नुभएको छ। उहाँले सुनसरी नगरपालिका–४ स्थित जनक माध्यमिक विद्यालय मा रहेको मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नुभएको हो।
निर्वाचन आयोग ले तोकेको समयअनुसार जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ। मतदाताहरू उत्साहका साथ केन्द्रमा पुगेर मतदान गरिरहेका छन्।
मतदानपछि उम्मेदवार राईले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्