तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ I स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । 

सोमबारको तुलनामा सुन तोलामा रु दुई हजार ५०० र चाँदी प्रतितोला रु २०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख २८ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ८१५ निर्धारण भएको छ । सोमबार एक तोला सुन रु तीन लाख २६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु छ हजार २० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button