तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस परिवर्तन भएर आएको छ: उपसभापति शर्मा 

अछाम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन्जी पुस्ताको आन्दोलनपछि नेपाली कांग्रेस पार्टी परिवर्तन भएर आएको बताउनुभएको छ । 

अछाम क्षेत्र नं २ मा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी आमसभामा शर्माले विशेष महाधिवेशन बाट पार्टीले देश बनाउने सङ्कल्प बोकेर आएको बताउनुभयो । उहाँले उम्मेदवारले जनता माझ झुटा आश्वासन बाँड्न नहुनेतर्फ जोड दिनुभयो । 

भदौ २३ र २४ पछिको नेपाल पुरानै नरहेको र जनताको निराशालाई आशामा परिवर्तन गर्न पार्टी सभापति गगन कुमार थापा लाई प्रधानमन्त्री प्रस्ताव गरेर अघि बढेकोले जनतालाई संयमित भएर मतदान गर्नुपर्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button