तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

इलाम । जिल्ला प्रशासन कार्यालय इलाम ले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै इलामसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका तीन दिनका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

फागुन १८ गते राति १२:०० बजेदेखि फागुन २१ गते राति १२:०० बजेसम्म सीमा वारपार हुने सम्पूर्ण सवारी आवागमन तथा सर्वसाधारणको आवतजावत बन्द रहने जनाइएको छ। सुरक्षा अधिकारीबाट प्रमाणित आकस्मिक स्वास्थ्य सेवा प्रदायक सवारी साधन र बिरामी भने सञ्चालनमा रहनेछन्।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न सीमा नाका बन्द गर्नुपरेको स्पष्ट पार्दै सर्वसाधारणलाई सहयोग गर्न आग्रह गर्नु भएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button