तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन तयारी पूरा, तर डिजिटल आचारसंहिता कार्यान्वयन चुनौतीपूर्ण

काठमाडौँ I फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा भए पनि डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लङ्घन प्रमुख चुनौतीका रूपमा देखिएको जनाएको छ।

निर्वाचन पर्यवेक्षणमा संलग्न चार प्रमुख संस्थाहरू , राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, गैर सरकारी संस्था महासङ्घ नेपाल, आमनिर्वाचन पर्यवेक्षण समिति र निर्वाचन पर्यवेक्षण समिति नेपालले शनिबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत यस्तो निष्कर्ष सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा सामाजिक सञ्जालमा घृणा फैलाउने, भ्रामक सूचना (Fake News) को सुनामी र उम्मेदवारहरूको नकारात्मक प्रचार बढेको पाइएको जानकारी दिइयो ।

 त्यस्तै  निर्वाचन आयोगको रोकका बाबजुद र्‍याली र प्रचारमा बालबालिकाको प्रयोग अझै नरोकिएको पाइएको पर्यवेक्षण संस्थाहरूले जनाएका छन् ।  

 उम्मेदवारहरूले कानुनी सीमाभन्दा बढी खर्च गरिरहेको र वास्तविक विवरण लुकाउने जोखिम रहेको पाइएको छ।

 मतदाता शिक्षा परम्परागत शैलीमा मात्र सीमित हुँदा र ग्रामीण क्षेत्रमा प्रभावकारी पहुँच नपुग्दा समस्या देखिएको छ।

पर्यवेक्षक संस्थाहरूले निर्वाचन आयोगलाई आचारसंहिता उल्लङ्घन गर्नेमाथि तत्काल कारबाही गर्न र सुरक्षा निकायलाई भयमुक्त वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्।

 फागुन १८ गते रातिदेखि मौन अवधि सुरु भइसकेकोले सबैलाई मर्यादित रहन अपिल  समेत गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button